काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती कर्मचारी ऐन भोलि मंगलबारको मन्त्रिपरिषद् बैठकबाट पारित हुने बताएका छन् ।
आज सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीय निजामती कर्मचारी ऐनलाई भोलि मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा पठाउने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधन समेत गरेर १९१ वटा ऐन निर्माण भएको बताए । उनले विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानूनहरूलाई नेपालको संविधान अनुकूल बनाउने काम समेत सम्पन्न गरिएको बताए ।
नेपाल सरकारले संघीय संसद्मा पेश गरेका विभिन्न १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेका उनले बताए ।
उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका महत्त्वपूर्ण विधेयकहरू छिट्टै संघीय संसद्मा पेश गर्न सरकारले प्रक्रिया अगाडि बढाइरहेको बताए ।




प्रतिक्रिया