अस्पताल उद्घाटनमा अध्यक्ष प्रचण्डलाई केरा उपहार

अस्पताल उद्घाटनमा अध्यक्ष प्रचण्डलाई केरा उपहार


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दाङमा केरा उपहार दिइएको छ ।

आधारभूत अस्पतालको उद्घाटन गर्न राप्ती गाउँपालिका पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीय किसानले पाकेको मालभोग केराको घरी उपहार दिएका हुन् ।

राप्ती गाउँपालिका–७ निवासी किसान रणप्रसाद सुवेदीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई केराको घरी उपहार दिएका छन् । ८ वर्षदेखि सुवेदी व्यावसायिक केरा खेतीमा संलग्न छन्, उनले २५ विगाह जग्गामा केरा खेती गरेका छन् ।

उनले भने, ‘स्थानीय उत्पादनको बजार प्रबर्द्धनमा मद्दत पुगोस् भनेर पूर्वप्रधानमन्त्रीलाई केराको घरी उपहार दिएँ । स्थानीय उत्पादन बढाउन अघि सरेका किसानहरूलाई सरकारले प्राथमिकतामा राखेर कार्यक्रम बनाओस् भन्ने चाहना छ ।’