प्रचण्डको आह्वानमा कांग्रेस–एमालेबाहेक दलका नेताहरूको सिंहदरबारमा भेला

प्रचण्डको आह्वानमा कांग्रेस–एमालेबाहेक दलका नेताहरूको सिंहदरबारमा भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरू सिंहदरबारमा भेला भएका छन् ।

निर्वाचन आयोगले मागेको सुझावका विषयमा छलफल गर्दा प्रचण्डले प्रमुख सत्तारुढ दलबाहेक अन्य दलहरूलाई बोलाएर छलफल गरेका छन् ।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’बारे छलफल गर्न संसद्मा रहेका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक बोलाइएको थियो ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरूले कार्यविधिबारे निर्वाचन आयोगलाई दिने सुझावबारे छलफल गरेका छन् ।