रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन् ।
मतदाता भेटघाटका लागि पुगेका प्रचण्डलाई सिस्ने–८ धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका हुन् ।
बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरे । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका छन् ।
रुकुमपूर्वका प्रतिनिधिसभा उम्मेदवार प्रचण्डले रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरे ।
जनभेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग सांकेतिक तर शक्तिशाली भएको बताए । उनले सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउनु हुँदै सहिद र परिवारजनप्रति सम्मान व्यक्त गरे । उनले सहिद परिवारलाई सम्मान समेत गरेका छन् ।




प्रतिक्रिया