काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरूबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
आईतबार ‘नेपालका कम्युनिष्ट जननेता मदन भण्डारी विषयक विचार गोष्ठी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय संकट समाधानका लागि कम्युनिष्टहरूबिच एकताको आवश्यकता रहेको बताए ।
‘आज फेरि एकचोटी कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुअघि समीक्षा गर्नैपर्छ । हतारमा एकता गर्ने र फुर्सदमा विभाजन हुने अवस्था आउनु हुँदैन,’ उनले भने, ‘आज राष्ट्रका अगाडि आएको संकट र चुनौतीको सामना गर्न सहकार्य हुनुपर्छ । हिजो निरंकुशताविरुद्ध मिलेर लड्यौं । अहिले पनि मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ । यसमा ढिला नगरौं । आ–आफ्नो ठाउँमा वातावरण बनाउनुपर्छ ।’




प्रतिक्रिया