प्रचण्डकाे प्रश्न : छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ?

प्रचण्डकाे प्रश्न : छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने बताएका  छन्।

शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको  विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको तर आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको  बताएका हुन् ।

‘जरुरी पर्‍यो भने हामी संसद् बैठक बोलाउने छौं,’ प्रचण्डले भने, ‘त्यो अधिकार हामीलाई संविधानले दिएको छ।’ प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीहरूको गोटी बनेको आरोप लगाउँदै उनले यस्तो यात्रा लामो नजाने घोषणा समेत गरे।

यस्तै उनले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेऱ्यो भनेर अपमानित गरेको पनि बताए । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो ?’ भनेर प्रश्न सोध्ने गरेको पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’

ओलीले आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले आफूलाई न्याय चाहिएको बताए ।