काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खुमलटार पुगेर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बिहीबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
कांग्रेसभित्र डा. कोइराला संस्थापनइतर पक्षका नेता मानिन्छन् । उनले कांग्रेससँगको गठबन्धनमा बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् ।




प्रतिक्रिया