प्रचण्ड र नेकपा नेताहरूबीच परामर्श, दोस्रोपटक बोलाए सचिवालय बैठक

प्रचण्ड र नेकपा नेताहरूबीच परामर्श, दोस्रोपटक बोलाए सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पसुष्पकमल दाहाल प्रचण्डले सोमबार सचिवालय बैठक बोलाएका छन् ।
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले सोमबार दोस्रोपटक नेकपा सचिवालय बैठक बोलाएका हुन् ।

गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै नेकपाका मुख्य नेताहरुसँग भेटघाट तिव्र पारेका छन् । प्रचण्डले आइतबार बिहान वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेतासँग परामर्श गरेका छन् ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । सोमबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक तोक्ने सम्भावना रहेको प्रचण्डलाई भेटेर फर्किएका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

सोमबारको बैठकमा उपचुनाव भएका स्थानहरूको समीक्षात्मक रिपोर्टमाथिसमेत छलफल हुने बताइएको छ । अघिल्लो सचिवालय बैठकले आइतबारसम्म रिपोर्ट पठाउन मातहत कमिटीलाई निर्देशन दिएको थियो ।

अध्यक्ष प्रचण्डले अब चाँडै सबै कमिटीका बैठक राखेर देशव्यापी रूपमा जनपरिचालन अभियान सञ्चालन गर्ने जानकारी नेताहरूलाई दिएका छन् ।