काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ ।
आज (आइतबार)भरतमोहन अधिकारीको प्रथम स्मृति सभालाई सम्बोधन गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पुगेका प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार भएको हो । यद्यपी जुत्ताले उनलाई लागेन ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले जुत्ता प्रहार गर्ने युवकलाई पक्राउ गरेका छन् ।




प्रतिक्रिया