काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँगको भेटपछि बालुवाटारमा रहेका स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गरेका हुन् ।
उनले ब्रिफिङका क्रममा स्थायी कमिटी बैठक बस्नका लागि थप समझदारी आवश्यक रहेको बताएका छन् । उनले आजको बैठकलाई बैठक भन्न नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले एकल अध्यक्ष जस्तो ठानेको बताएका छन् ।
‘स्थायी समितिको बैठक त भन्न मिलेन तर बैठक बस्नका लागि केही समझदारी गर्नु पर्ने देखियो । ओलीले एकल अध्यक्ष जस्तो ठान्नु भो’, बिफ्रिङमा भने, ‘यसलाई आज बैठक माने दुर्घटना हुन्छ । त्यसैले अब पूर्ण बैठकका लागि गृहकार्य गरौं ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले औपचारिक बैठक नभएको बताएका छन्
उनले उक्त बैठक अनौपचारिक भएको बताएका छन् । ।
बैठकमा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत करिब ३० जना नेता बालुवाटारमा छन् । मंगलबार ११ बजेका लागि बोलाइएको बैकठ प्रधानमन्त्री अोलीको एकल निर्णयबाट स्थगित भएको जानकारी दिइएको थियो ।




प्रतिक्रिया