बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल

बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकबारे धारणा तय गर्न अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

सबै सदस्यहरुबीच शुक्रबारको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको एक नेताले जानकारी दिए । पछिल्ले समय प्रधानमन्त्री केपी शर्मा ओलीका विवादस्पद कामबाट रुष्ट बनेका नेकपाका पाँच जना सचिवालय सदस्यहरु एकजुट हुन थालेका छन् ।

‘उहाँले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । भोली बस्ने सचिवालय बैठकको धारणा तय गर्न छलफल गर्नुभएको हो’, एक नेताले भने ।

अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।