नेकपा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइयो

नेकपा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएको छ ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सात वटै प्रदेशमा पठाइएको हो ।

पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले तल्लो तहसम्म आफ्नो गुटलाई सक्रिय बनाएपछि अध्यक्ष प्रचण्डले पनि यसमा चासो देखाएका हुन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थनमा १९ पृष्ठ लामो प्रतिवेदन कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरिएको थियो ।

मंसिर ३ गते बसेको सचिवालय बैठकमा उक्त प्रस्तावमा प्रधानमन्त्री अ‍ोलीले आफूमाथि लगाइएको आरोपको जवाफसहित १३ गतेको बैठकमा जवाफ दिने भएका छन् ।