कमानसिंह लामा र हाइड्रोपावरको विषयमा नारायणकाजीलाई नमुछौंः नेकपा अध्यक्ष प्रचण्ड

कमानसिंह लामा र हाइड्रोपावरको विषयमा नारायणकाजीलाई नमुछौंः नेकपा अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई विवाद ल्याउने काम नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।

आइतबार नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेता कमानसिंह लामा र उनको हाइड्रोपावरको विषयमा अनावश्यक रुपमा प्रवक्ता श्रेष्ठलाई नमुछ्न आग्रह गरेका हुन् । आजको बैठकले केन्द्रीय सदस्यसमेत रहेका नेता लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

उनले सम्बन्धित हाइड्रो व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘अध्यक्ष प्रचण्डले लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नु गएको छ’, प्रचण्डको भनाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने ।

यता कमानसिंहकी कान्छी श्रीमती ईन्द्रमाया तामाङले प्रवक्ताश्रेष्ठलाई फसाउने नियतले भ्रामक समाचार आएको बताएकी छन् ।

कमानसिंह र इन्द्रमायासँगको सेयर कारोबारको विषयलाई जोडेर अडियोरभिडियो प्रकरण बाहिरिएपछि प्रवक्ता श्रेष्ठ विवादमा तानिएका छन् । उनले आफू र श्रीमानको विषय जोडेर अनावश्यक रुपमा प्रवक्ता श्रेष्ठलाई मुछेर मिडियामा झुटो प्रचार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

‘हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड श्रष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शिता र अनुशासनको बारेमा सम्झाउनु भएको हो । तर, त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्र्सना गर्दछु । उहाँ हाम्रा यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो न आज संलग्न हुनुहुन्छ’, उनले विज्ञप्तिमा भनेकी छन् ।

साथै याम्बालिङ्ग हाइड्रोपावरले पनि प्रवक्ता श्रेष्ठको चरित्र हत्या गर्ने उदेश्यले आएका भ्रामक, कपोकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्य पूर्ण भएको बताइसकेको छ ।

‘प्रवक्ता जस्तो व्यक्तिले आफू निकट व्यक्ति लामाले उठाएका विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरुप भए गरेको छलफललाई अन्यथा भन्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ ।