नाम र सूर्य चिह्न हाम्रो होः प्रचण्ड

नाम र सूर्य चिह्न हाम्रो होः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको भन्दै नाम र चुनाव चिन्ह आफुले पाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्न माग गरेका हुन् ।

नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको छ ।

अध्यक्ष प्रचण्डले तत्कालीन केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे । उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रनिधिसभा सदर गरेकी थिइन् । संसद विघटनको विरुद्धमा उभिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड पक्ष औपचारिक रुपमा सडक आन्दोलनमा उत्रिएको आज पहिलो दिन हो ।