काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सूर्य चिह्न र नाम नपाए आँधीवेहरी आउने चेतावनी दिएका छन् ।
मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिह्न र पार्टीीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् ।
‘नाम र चिन्ह हाम्रो हुन्छ । नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन । चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउँछ ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन् । प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताए ।
‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? होइन भने यो स्वीकार्य छैन ।’
उनले केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने तयारी भएको बताएका छन् । अध्यक्ष प्रचण्डले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा परेको बताए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएको दाबी गरेका छन् ।
‘गल्ती नसच्याउने हो भने केन्द्रीय समिति बैठकबाट दल नेता र अध्यक्षबाट हटाउने भन्ने थियो। जालझेलको भाषा ओलीले गर्न सक्छन् हामी सक्दैनौं, मैले प्रष्ट भनें,’ उनले भने ।




प्रतिक्रिया