काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् ।
आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा विचाराधीन मुद्दाको विषयमा न्यायाधीश नबन्न सुझाव दिएका छन् ।
उनले प्रधानमन्त्री अोलीले संविधानमाथि निर्मम प्रहार गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले बाध्यात्मक रुपमा आक्रामक हुनुपरेकाे बताए ।
‘हामीमाथि लागेको फोहोर मैला सफा गर्ने अवसर हो । उहाँहरुले नौटंकी दखाइरहनुभएको छ । अहिले म सुन्दैछु २५०१ जना केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ रे’, उनले भने ।
उनले पार्टीको नाम र चुनाव चिन्ह आफुहरुकै हुने दाबी गरेका छन् । उनले निर्वाचन आयोगले संविधानमा टेकेर फैसला गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् । ‘हामी जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने केपी अोली होइनौं’, उनले भने ।




प्रतिक्रिया