काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट खरानी घसेर चिन्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टलाई आफूले नचिन्ने बताएका छन् ।
प्रचण्ड निकट मानिएका बादल र भट्ट संसद विघटनपछि ओली समूहमा लागेका छन् । उनले बादल र भट्टको नाम नै नलिईकन उक्त कुरा बताएका हुन् ।
‘कोही पनि संसद विघटनको पक्षमा छैनन् । केपी ओलीको गुट र केही नयाँ जोगी …। मलाई त ति जोगीहरु देखेर लाज लागेको छ’, यतिधेरै खरानी घसेका छन् अनुहार नै चिनिँदैन । म त अनुहार नै चिन्दिन । सबैभन्दा बढी खरानी तिनले घसेका छन् । कहिलेकाँही त म हैरान हुन्छु । एक जना मान्छे नभएकालाई विचरा भनेर स्थायी कमिटीमा ल्याइदिएको त मन्त्रीका लागि साटे । मन्त्र भएर यतिधेरै खरानी घसेका छन् म चिन्दैचिन्दीन । चिन्नै नसक्ने भए ।’




प्रतिक्रिया