काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि हमला गरिएकाले विद्रोमा जानु परेको बताएका छन् ।
बुधबार आदीवासी जनजातीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र देखा परेको तानाशाहविरुद्ध एक ढिक्का भएर लड्नुपर्ने बताएका छन् ।
‘लोतन्त्रमाथि हमला गर्ने दुस्साहस गरिएको छ । संविधानलाई परिमार्जन गर्नुपर्ने ठाउँमा संविधानमाथि हमला भयो । आफ्नै पार्टीको नेताले संविधानको मूल ममर्ममाथि हमला गनेर्न काम भएको छ यो दुःखदायी कुरा हो । पार्टीभित्र देखा परेको तानाशाहविरुद्ध हामी एक ढिक्का भएर लड्नुपर्छ । विजय हासिल गर्नुपर्छ’, उनले भने, ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो ।’
उनले पहिले राजामहाराजाहरुले संविधानको धारा बदल्न पर्यो भने हामीमा अन्तरनिहित राजकीय र सार्वभौम अधिकार प्रयोग गरी फलानो–फलानो धारा निलम्बन गरिबक्सेका छौं भन्ने भाषा सुन्दै आएको स्मरण गरे ।




प्रतिक्रिया