लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रचण्ड

लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् ।

अधिवक्ता समिर हायुले अध्यक्ष प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

उनले संसद पुनःस्थापना नभए जनअदालतबाट फैसला गर्ने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।