काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् ।
आफूले बोलेको कुरामा भइरहेको विवादबारे आफुले सचेत रुपमा अन्तर्वार्ता दिएको भन्दै उनले केपी ओलीका साइबर सेनाले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको बताएका हुन् ।
पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समिति बैठकमा भारतसँग ‘कम्फर्टेबल’ सरकार निर्माणबारेमा आफ्नो कुनै गलत नियत नभएको बताए । त्इस्तै उनले गल्ती महसुस गर्दै अध्यक्ष प्रचण्डले अब बोल्दा ध्यान पुर्याउने बताए ।
‘मैले चीनको कुरा पनि गरेको थिएँ । तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरेछन्,’ उनले भने, ‘कम्फर्टेबल’ बारेमा मेरो नियत खराब थिएनँ । तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको छु ।’
प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी मुलुक भारत र चीनलाई फाइदा पुग्ने बताएका थिए ।




प्रतिक्रिया