प्रचण्ड संसदीय दलको नेता चयन, ११४ जना सांसद आफ्नो पक्षमा रहेको दाबी

प्रचण्ड संसदीय दलको नेता चयन, ११४ जना सांसद आफ्नो पक्षमा रहेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष प्रचण्ड दलको नेता चयन भएका हुन् ।

प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको बताएका छ्न ।

प्रचण्डले केपी शर्मा ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । उनले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरेका हुन् ।