काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र आफुहरुले सफल हुन नदिएको बताएका छन् ।
बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र समाप्त पार्ने ओलीको षड्यन्त्रलाई समाप्त पारेको बताएका हुन् ।
‘गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त भयो,’ उनले भने, ‘व्याटल जित्यौं, अब वार जित्ने पालो पनि आउँदैछ ।’ उनले केपी ओली प्रवृत्तिविरुद्ध लेखिएको १९ पेजको डकुमेन्टलाई स्मरण गर्दै त्यसविरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताए ।
प्रचण्डले आफूलाई पूर्वलडाकु लगायत कार्यकर्ताहरुले आवश्यक परे फेरि जनयुद्ध लड्न तयार रहेको बताउने गरेको बताए । प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शन्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले आफ्नो धरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको बताए ।
‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएको हो,’ प्रचण्डले भने, ‘अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता गरेको छु ।’




प्रतिक्रिया