माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने स्थिति हुन्छः प्रचण्ड

माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने स्थिति हुन्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा माधव नेपाल पक्षले बिद्रोह गर्ने बताएका छन् ।

शुक्रबार रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षहरुले एमलो कब्जा गर्ने खुलासा गरेका छन् ।

‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले उनले आफ्ना कार्यकर्ताहरूलाई माधव नेपाल पक्षीय कार्यकर्ताहरूसँग सम्बन्ध राम्रो बनाइरहन निर्देशनसमेत दिए ।

‘पूर्वएमाले साथीहरू फेरि एमालेमा जाँदैनौं भन्ने लाग्छ भने हेडक्वार्टरमा सम्पर्क गरेर मात्रै निर्णय गर्नुस्,’ उनले भने, ‘केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस् । किनकी त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन ।’

उनले आफुहरुलाई राजनीतिक टेन्सन नभएको बताए । उनले माधव नेपालहरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा आफूलाई टेन्सन भइरहेको बताए ।

‘अब हामीलाई राजनीतिक टेन्सन छैन् । बरु माधवजीहरुलाई कसरी रेस्क्यू गर्ने भन्नेछ’, उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जनता समाजवादी पार्टीका १८/२० जना सांसद किन्ने खतरा रहेको बताएका छन् ।

‘केपीले राज्यसत्ताको दुरुपयोग त गरिरहेकै छन् । जनता समाजवादी पार्टीभित्र पनि विभिन्न धारहरु देखिएका छन् । जसपालाई फकाउन नभए पनि १८/२० जना सांसद किनेर वा मन्त्री दिएर भए पनि केपीले लगे भने हामीले समर्थन फिर्ता लिए पनि बहुमत कायम रहिरहन्छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग छलफल गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताए । उनले प्धानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने बताए ।

‘कांग्रेस, जसपासँग समझदारी गरेर लिखित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरियो भने केपीको बिदाई त्यहीभित्रै गर्न सकिन्छ भन्ने छ । अहिलेसम्म निष्कर्षमा पुगिसकिएको छैन्’, उनले भने, ‘एक पटक फेल भयो भने फेरी वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता मिल्दैन । त्यसकारण सबैसँग लिखित सहमति गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’

उनले पार्टी एकता गर्नका लागि माधव नेपालहरुसँग छलफल जारी रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले फेरि एकतातिर नै लैजानुपर्ने बताए ।