मेरो लडाईं आफु प्रधानमन्त्री बन्न होइनः प्रचण्ड

मेरो लडाईं आफु प्रधानमन्त्री बन्न होइनः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लडाई पदका लागि नभएको बताएका छन् ।

प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले पछिल्लो राजनीतितर्फ लक्षित गर्दै कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्री पदको लोभ नभएको जिकिर गरे ।

आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको र स्पष्ट पार्दै उनले अहिलेको लडाई सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नका लागि भएको बताए ।

‘मेरो लडाइँ प्रधानमन्त्री पदको लागि होइन । किसान, मजदुर, दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको हक अधिकार स्थापित गर्न, नयाँ राष्ट्रिय एकता कायम गर्नका निम्ती लडेको लडाई हो,’ उनले भने ।

आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई माया गरेर जोगाएको भन्दै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।