काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय नेपालीहरुलाई हेप्ने र उनीहरुको निर्णय गर्ने अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् । उनले केही समय अघि नेपालीहरु आत्मनिर्णय गर्न सक्षम रहेको महसुस गरेको तर अहिले त्यो अधिकार खोसिँदै गएको बताए ।
‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट गणतन्त्र र संविधानको घोषणा गर्दा, कम्युनिस्ट पार्टीको एकताको गठबन्धन गर्दा र चुनावको नेतृत्वको गर्दै गर्दा आत्मगौरव हुन्थ्यो । कि हामी हाम्रो बारेमा कसैको दबाब, हस्तक्षेप डर, धाक, धम्की होइन हामी आफैले निर्णय गरेका छौँ। हामी आफैले निर्णय गरेर परिणाम निकाल्न सक्नु नेपालीको आत्मगौरवको विषय हो,’ उनले भने, ‘तर खतरा अझै टरेको छैन । अहिले फेरि एकचोटी हामी निरिह हुन थालेका छौं, हामी नेपाली फेरि नराम्रोसँग हेपिन थालेका छौं । नेपाल राष्ट्र, नेपालीको भविष्य र अत्मनिर्णयको अधिकार धरापमा छ ।’




प्रतिक्रिया