महेन्द्रनगर गाेलीकाण्ड लगत्तै प्रधानमन्त्रीलार्इ प्रचण्डकाे फाेन, उच्चस्तरीय न्यायीक समिति बनाउन अाग्रह

महेन्द्रनगर गाेलीकाण्ड लगत्तै प्रधानमन्त्रीलार्इ प्रचण्डकाे फाेन, उच्चस्तरीय न्यायीक समिति बनाउन अाग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरकाे महेन्द्रनगरमा प्रहरीकाे गाेलीबाट बालक सन्नी खुनाको मृत्यु भएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्सन लिएका छन्।

गोली चलेको खबर पाए लगतै  नेकपाका नेता एवं सांसद लेखराज भट्ट, सासदह दीपकप्रकाश भट्ट,  नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए।

उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए । लगतै प्रचण्डले  प्रधानमन्त्री  केपी  शर्मा अाेलीलाई फोन गरेर उच्चस्तरीय न्यायीक सिमित बनाउन आग्रह गरेका छन् ।

नेकपाका सांसदहरूले   कञ्चनपुर घटनाले उग्ररुप लिन लागेको प्रति चिन्ता व्यक्त गर्दै तत्काल केन्द्रबाट प्रभावकारी पहल नभए परिस्थिति भयावह हुन सक्ने तर्फ प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्रालय बिहीबार मात्रे सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीको सरुवा गरेको थियो र एसपी कुमार कडायतलाई त्यहाँ खटाएको थियो । र शुक्रबार अपरान्हसम्म कञ्चनपुरको जनजीवन सामान्य बन्दै गएको थियो ।

तर, नेकपा का नेता भीम रावलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सोको विरुद्ध कञ्चनपुरमा पुनः प्रदर्शन भइरहँदा गाेली चलेकाे हाे।

बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा चरणवद्द अान्दाेलन भइरहेकाे छ।