काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र दुई धार देखा परेको बताएका छन् ।
बुधबार साँझ रातोपाटी अनलाईनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको नेतृत्वमा एमाले एक हुन नसक्ने बताएका हुन् । उनले आफूले बितेको तीन वर्षमा आफू केपीको नेतृत्वमा एमाले एक हुन नसक्ने बताएका छन् ।
‘एमाले एक हुने सम्भावना छैन् । माधव नेपालको सोच र माधव पक्ष हाबी भए एमाले एक हुन्छ । केपीको नेतृत्वमा एक हुनसक्ने अवस्था म देख्दिनँ’, उनले भने ।
अध्यक्ष प्रचण्डले आफूले एमाले फूटोस् भन्ने कामना नगरेको बताएका छन् । उनले माधव नेपालहरुले एमालेलाई सही लाइनमा ल्याउन सकून भन्दै शुभकामना दिएका छन् ।
‘एमालेभित्र संघर्ष हुनु नै थियो । किनकी ९ औं महाधिवेशनबाट चिरा परिसकेको थियो । त्यसमा सत्य र परिवर्तन, माक्र्सवाद, संगठनात्मक परिवर्तनको पक्षमा उभिनेसँग मेरो स्वतः सहमति हुन्थ्यो भयो । र, हामीले जित्यौं । एमाले फूटोस् भन्न दूराग्रह केही पनि छैन्’, उनले भने ।
उनले एमालेसँग पार्टी एकता गरेकोमा आफूलाई पछुतो नभएको बताएका छन् ।




प्रतिक्रिया