शान्तिपूर्ण जनमुक्ति सेना बनाउन प्रचण्डको निर्देशन

शान्तिपूर्ण जनमुक्ति सेना बनाउन प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक थरी शक्ति जनआन्दोलनका उपलब्धि सिध्याउन लागेको आरोप लगाएका छन् ।

आज चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको बताए ।

७० वर्ष लामो आन्दोलनका उपलब्धि निमिट्यान्न पार्न प्रतिक्रियावादी शक्तिहरू लागेको उनको भनाइ छ । साथै उनले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशन दिएका छन् ।

‘हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ । म चाहन्छु, तपाईंहरु गर्जिनुस् । सु–संगठित हुनुस्,’ उनले भने, ‘लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् । तर, त्यसोभन्दा मचाहिँ आराम गर्छु भन्नेमा छैन ।’

यस्तै असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू सम्मिलित सरकार गठन गर्नुपर्ने उनको भनाइ छ ।

‘निरङ्कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं । केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ’, अध्यक्ष प्रचण्डले भने ।