संविधान रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट बनौं: प्रचण्ड

संविधान रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट बनौं: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता लेनिनको १५२औं जन्म जयन्तिको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको बताएका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उल्लेख गरेका छन् ।