प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान

प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन आव्हान गरेका छन् ।

शुक्रबार मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आव्हान गरेका हुन् ।

‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको छ । परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दछु’, उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको पनि स्मरण गरेका छन् ।

साथै उनले विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन आग्रह गरेका छन्