भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डको माग

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष प्रचण्डले कोरोना संक्रमितको उपचार खटिएका डाक्टर र नर्सहरुमाथि भएको अमानवीय व्यवहार प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ’, उनले भनेका छन् ।