केपी ओली प्रवृति राष्ट्रका लागि घातक : प्रचण्ड

केपी ओली प्रवृति राष्ट्रका लागि घातक : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृति राष्ट्रका लागि घातक भएको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तक्रियामा बोल्दै प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधान रक्षाका लागि केपी ओली प्रवृति घातक भएको बताएका हुन् । साथै उनले ओलीले प्रतिनिधित्व गर्ने र पाँच दलले प्रतिनिधित्व गर्ने प्रवृत्ति फरक भएको बताउँदै ओली प्रवृत्ति परास्त गर्न नै गठबन्धन बनेको दाबी गरे ।
‘केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका पाँच पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै हैन । किनभने गणतन्त्रको निम्ति आन्दोलन गर्ने बेला पनि केपीजी कहाँ हुनुहुन्थ्यो, हामी पाँच कहाँनेर थियौं भनेर मात्रै स्मरण गरियो भने पनि थाहा हुन्छ । गणतन्त्र, संविधान, शान्तिसम्झौता निम्ति बल गर्ने प्रवृत्ति हामीसँग थियो भने अर्को प्रवृत्ति ठिक छैन यो गर्न हुन्न भन्ने थियो । त्यो लडाइँ अहिले यो रुपमा प्रकट भएको छ,’ उनले भने ।

अहिले देशको संविधानमाथि संकट आइरहेको भन्दै  प्रचण्डले कहिँन कँहि संविधानसभा र निर्वाचनका बेलाका प्रवृत्तिहरु फेरी टकराएको बताए ।