आज प्रचण्डसहितका सात जना कम्युनिष्ट नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने


काठमाण्डु – कम्युनिष्ट पार्टीका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार साढे १२ बजे ललितपुरस्थित तुलसी प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा सात जना कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयमा सम्बोधन गर्नेसहितको श्रद्धाञ्जली कार्यक्रम हुने अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज प्रचण्डसहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहव वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (संयुक्त)का अधध्यक्ष चन्द्रदेव जोशी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement