मन्त्रिमण्डल विस्तारबारे प्रचण्डले गठबन्धनसँग छुट्टाछुट्टै छलफल गर्ने

मन्त्रिमण्डल विस्तारबारे प्रचण्डले गठबन्धनसँग छुट्टाछुट्टै छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारबारे अन्य दलहरुसँग छलफल गर्ने भएका छन् ।

आइतबार बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्ने जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले जसपाको बैधानिकता, गठबन्धनका कतिपय दलहरुले केही ढिलाई गरिदिन आग्रह गरेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको जानकारी दिए । प्रवक्ता श्रेष्ठले एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउनका लागि अन्तिम पहल गर्ने बताए ।

‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ । केही समय माग्नु भएको छ । धेरै ढिला गर्नु हुँदैन छिट्टै सरकारलाई पूर्णता दिनुपर्छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले आइतबार बिहान एमालेका वरिष्ठ नेता नेपालसँग कोटेश्वरमा भेटवार्ता गरेका थिए । उनले सरकारमा सहभागिताबारे छलफल गरेका हुन् ।