स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : माधव नेपाल एमालेमै फर्किने सम्भावना बढ्यो

स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : माधव नेपाल एमालेमै फर्किने सम्भावना बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल धर्मसंकटमा परेको बताएका छन् ।

आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल सरकारमा पनि आउन नसक्ने र पार्टीमा मिल्न पनि नसक्ने अवस्थामा रहेको बताए । उनले परिस्थिति फेरिएको भन्दै माधव नेपाल एमालेमै फर्किने सम्भावना बढेको बताए ।

‘माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ । तत्कालै सरकारमा सहभागी हुने अवस्था पनि देखिएन । पार्टीमा पनि उहाँले चाहे जस्तो हुने अवस्था बनेको छैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो ।’

उनले आज बिहान नेता नेपालसँग भेटवार्ता गरेका थिए । नेता नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले सरकारमा सहभागीतालगायतका विषयमा छलफल गरेका थिए । पछिल्लो समय प्रचण्ड नेता नेपालसँग निरन्तर छलफलमा छन् ।