काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकार एमाले नेता माधवकुमार नेपालको अडानका कारणले टिकेको बताए ।
शनिवार माओवादी केन्द्रको बैठकमा उनले शेरबहादुर देउवा सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका हुन् । प्रचण्डले भने, ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ । यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । ’
त्यसैगरी उनले प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको जानकारी दिएका छन् । उनले अगाडी भने, ‘प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’
साथै उनले केपी ओलीको असंवैधानिक कदमविरुद्ध लडेर ओलीलाई साइजमा ल्याउने काम माओवादीले नै गरेको कुरामा जनता स्पष्ट भएको दावी गरेका छन् ।




प्रतिक्रिया