कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताएका छन् । शहीद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताएका हुन् ।

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेको उनले जनाए । उनले भने, “हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए । उनले भने, “हामीले आफ्नो औचित्य सिद्ध गर्न सकेनाैँ भने विघटन र विसर्जनको भुमरीमा पर्ने सम्भावना छ, तर हामी त्यस्तो हुन दिने छैनाँै, शहीदहरुको योगदानको बलमा अन्तिम समयसम्म हामी लड्नेछौँ ।”

उनले कम्युनिष्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरुले गरेको जनाउँदै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिए ।

कम्युनिष्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, “सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिष्ट पार्टीभित्रबाट देखाप¥यो, त्यसलाई हामीले प्रतिगमन भन्यौँ, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढङ्गले सङ्घर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौँ र विद्रोह ग¥यौँ ।”