प्रचण्डको दाबीः लोकतन्त्र जोगाउन अध्यादेश ल्याइयो

प्रचण्डको दाबीः लोकतन्त्र जोगाउन अध्यादेश ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् ।

बिहीबार समाजवादी केन्द्रले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले ल्याएको २० प्रतिशत थ्रेस होल्डसहित अध्यादेशले संघीयता, लोकतन्त्र र अहिलेको व्यवस्थालाई रक्षा गर्ने बताएका हुन् ।

‘केपी ओलीले अध्यादेश ल्याउँदा चर्को विरोध भएको थियो । तर, म के चाहिँ कुरा भन्छु भने एउटा अध्यादेशको उद्धेश्य लोकतन्त्र सिध्याउनु थियो,’ उनले भने, ‘यो अध्यादेश चाहिँ लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्था जोगाउन ल्याइएको हो ।’

प्रचण्डले लोकतन्त्र मास्न ल्याएको अध्यादेश र जोगाउन ल्याएकोलाई उस्तै उस्तै भन्न नमिल्ने बताएका छन् ।