काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको तीन दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार कार्यकर्तालाई प्रशिक्षण दिएर फर्कने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले असोज ४ या ५ गतेसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।
‘केही प्राविधिक कारण मन्त्रिपरिषद विस्तार ढिलो भएको हो । अब असोज ४ या ५ गतेभित्र मन्त्रिपरिषदले पूर्णता पाउँछ । अब ढिदलो हुँदैन,’ उनले भने ।
संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि वर्तमन गठबन्धन बनेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन आगामी चुनावसम्म कायम रहने दावी गरे ।




प्रतिक्रिया