काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच एकताको तयारी भइरहेको बताएका छन् ।
बिहीबार काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन वाईसीएलको दोस्रो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोहन वैद्य किरण, नेत्रविक्रम चन्दलगायतसँग छलफल चलिरहेको बताएका छन् ।
‘किरणजी, विप्लव जीसँग छलफल चलिरहेको छ’, उनले भने, ‘बाबुराम–उपेन्द्रजीसँग गठबन्धनमा छौं । मोहनविक्रमजीसँग पनि छलफल चलिरहेको छ ।’
प्रचण्डले एकता प्रक्रियामा किरण र विप्लवहरुसँग हार्दिकतापूर्वक व्यवहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘बाबुराम, उपेन्द्र, विप्लव, मोहनविक्रमजी लगायतका कम्युनिष्टहरुसँग हार्दिकतापूर्वक सम्बन्ध बढाउनुहोला’, उनले भने, हामीले केन्द्रमा एकता प्रक्रिया अघि बढाइरहेका छौं ।’




प्रतिक्रिया