मन्त्रिमण्डल विस्तार कहिले हुन्छ ? प्रचण्ड भन्छन्ः आज/भोलि नै !

मन्त्रिमण्डल विस्तार कहिले हुन्छ ? प्रचण्ड भन्छन्ः आज/भोलि नै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबन्डा भएपछि मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मन्त्रिमण्डल विस्तार हुने बताए ।

‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ,’ उनले भने । सम्भवतः आज/भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला ।’

अध्यक्ष प्रचण्डले साझा न्युनतम कार्यक्रममा भएको विषय कार्यान्वयन गराउन आफूले पहल गर्ने बताए । उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा समेत शहीद परिवारका ऐजेण्डा समेटिएकाले कार्यान्वयनका लागि आफूले पहल गरिरहेको बताए ।