योगेशलाई मन्त्री बनाउने ओलीको बाचा पूरा गर्ने प्रचण्डको घोषणा, ‘सिट गुम्ने गरी उपचुनाव हुँदैन’

योगेशलाई मन्त्री बनाउने ओलीको बाचा पूरा गर्ने प्रचण्डको घोषणा, ‘सिट गुम्ने गरी उपचुनाव हुँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता योगेश भट्टराईलाई मन्त्री बनाउने उद्घोष गरेका छन्।

राजधानीमा बुधबार आयोजित पाथीभरा सदभावना दुत परिचय पत्र वितरण कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफू एक दिन भट्टराई मन्त्री बनाउने बताए।

चुनावका बेला केपी जीले ताप्लेजुमा गरेको भाषण हेरेको थिए त्यहाँ उहाँले योगेशलाई ताकेरै भन्नु भएको रहेछ तपाइँहरु योगशजीलाई भोट हालेर जिताउनुस मन्त्री बनाएर पठाउने जिम्मा हाम्रो,’ उनले भने,‘त्यो जिम्मा पूरा गर्न भ्याएका छैनौं केपीजी र मैले एकदिन त्यो जिम्मा पूरा गर्छौं।’

काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उम्मेदवार बनाएर उपनिर्वाचन गर्ने नेकपाको योजना रहेको भन्ने चर्चा भइरहेका बेला प्रचण्डले नेकपाको सिट गुम्ने गरी उपनिर्वाचन नगर्ने बताए।

‘अस्तीको दिनदेखि यो विषयमा कुराकानी भएको छ, आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं,’ उनले भने, ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’