अर्लि इलेक्शनकाे सम्भावना छैन, न्यायालय विवादबारे गठबन्धनले संयुक्त धारणा बनाउँछ : प्रचण्ड

अर्लि इलेक्शनकाे सम्भावना छैन, न्यायालय विवादबारे गठबन्धनले संयुक्त धारणा बनाउँछ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले संयक्त धारणा बनाउने बताएका छन् । जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवादबारे एक–दुई दिनमै गठबन्धनको बैठक बसेर सामूहिक धारणा बनाउने बताएका हुन् ।

उनले गठबन्धन दलको बैठक बस्नेबित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने बताए । अध्यक्ष प्रचण्डले एमालेले दिनहुँ गतिरोध उत्पन्न गरेपछि केही दिनका लागि संसद बन्द गरिएको बताए ।

उनले पछिल्लो समय मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्था नरहेको स्पष्ट पारे । ‘कोही कन्फ्युज हुनु पर्दैन, अर्ली इलेक्सन हुँदैन । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन’, प्रचण्डले भने ।

गठबन्धनमा कुनै मतभेद नरहेको भन्दै उनले गठबन्धनविरूद्ध आफूले नबोलेको पनि बताए । उनले राष्ट्रियसभाको चुनावमा पनि गठबन्धनको संयुक्त उम्मेदवार खडा गर्ने बताए । मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको उनको दाबी छ ।