जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी खड्कालाई भेटे प्रचण्ड-बादलले


म्याग्दी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले वर्तमान परिवर्तन सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणालीमै आएको परिवर्तन भएको बताएका छन्।

‘अहिले कर्मचारी व्यवस्थापन नटुंगीएकाले केही जटिलता देखिएका छन, तर कुनैपनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ,’ अध्यक्ष प्रचण्डले भने।

प्रचण्डले मंगला गाउँपालिका–२ सिमलचौरकी सहिद परिवारकी गुमा कुमारी खड्कालार्इ भेट गरे। जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षिया खड्कालाई आफ्नै गाउँमा तत्कालLन जनयुद्धका सर्वोच्च कमाण्डरहरुले मंगलबार भेट गरेका हुन्। प्रचण्डसँगै नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापा पनि म्याग्दी पुगेका थिए।

पत्नी सीता दाहालको नसा सम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरि उपचार गर्न म्याग्दी आएका अध्यक्ष प्रचण्डले सिमलचौरमै पुगेर सहिद परिवार खड्कालाई भेट गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरप्तार गरि तत्कालिन राज्य पक्षबाट हत्या भएको थियो।

‘जनयुद्धमा होमीएर हामीले परिवारका सदस्य गुमायौँ, तर मुलुक संघीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनको लागि नेतृत्व गर्ने नेताहरुलाई पहिलो पटक भेट्न पाउँदा खुसी लाग्यो, अब जनताको लागी विकास दिनसक्नुपर्छ नेताहरुले’’– खड्काले भनिन् । स्थानीय अगुवा कार्यकर्ता भेटघाटको क्रममा सहिद परिवारकी सदस्य खड्कालाई बीचमा राखेका थिए ।

‘‘हामीमाझ सहिद परिवारका सदस्यहरु पनि हुनुहुन्छ, परिवर्तनको निम्ती उहाँहरुको योगदान अतुलनिय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडी बढ्छौँ,’ प्रचण्डले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता प्रचण्डले लामो संघर्ष र ठूलो बलिदानीले मात्रै स्थानीय, प्रदेश र संघिय गरि तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement