काठमाण्डु – नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहको निष्कर्ष सुनाइँदै छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा २५ वटा समूहका नेताहरुले आफ्ना निष्कर्ष पेस गर्ने भएका हुन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि प्रतिनिधिहरूले आफ्नो समूहमा धारणा राखेका थिए । त्यसका लागि मंगलबार र बुधबार दिउँसो १२ बजेसम्म समूहगत छलफलको समय निर्धारण गरिएको थियो । उक्त छलफलपछि निस्केको निष्कर्ष सुनाउन नेताहरू प्रज्ञा भवनमा जम्मा भइरहेको नेता युवराज चौलागाईंले जानकारी दिए ।
समूहगत छलफलमा प्रचण्डले भारतप्रति नरम नीति लिएको कतिपय नेताहरूले प्रश्न उठाएका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा भारतप्रति मौनता प्रकट गरेको प्रतिनिधिहरूको भनाइ छ । पहिले भारतलाई माओवादीले विस्तारवादी मुलुकका रूपमा व्याख्या गर्ने गरेको छ । त्यसैगरी एमसीसीको विषयमा पनि दोहोरो धारणा आएको छ ।




प्रतिक्रिया