गठबन्धनको भविष्य साँझ ५ बजे निर्धारण हुन्छ : प्रचण्ड

गठबन्धनको भविष्य साँझ ५ बजे निर्धारण हुन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण बिहीबारको बैठकले गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटवार्ता पछि उनले गठबन्धन फुट्ने की नफुट्ने टुंगो आज साँझ पाँच बजे बोलाइएको बैठकले तय गर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘गठबन्धनको भविष्य पाँच बजे तय हुन्छ । हामी गठबन्धन कसरी जोगाउने भन्ने मा नै केन्द्रीत हुन्छौं ।’ उनले एमसीसीबारे पाँच दल नै एक ठाउँ आउने गरी निकास खोज्न अध्यक्ष नेपालसँग छलफल गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिन तयार रहेको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारीमा लागेका छन् ।