प्रचण्डको प्रस्ताव : फरक मत, ‘नोट अफ डिसेन्ट’का विषयमा चुनावपछि छलफल गरौं

प्रचण्डको प्रस्ताव : फरक मत, ‘नोट अफ डिसेन्ट’का विषयमा चुनावपछि छलफल गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

अनुपम फुडल्याण्डमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका फरक मत, तीन नेताले दतर्था गराएको ‘नोट अफ डिसेन्ट’लगायतका विविध विषयमा छलफल गर्न आगामी जेठ २० गतेका लागि बैठक राख्न प्रस्ताव गरेका हुन् । उनले पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताए ।

प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए । यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतको फरक मतसहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र सबै विषय पार्टीको सम्पत्तिको रुपमा ग्रहण गरेर अर्को बैठकमा छलफल हुने बताए ।

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डको भनाइ छ ।