संसद भंग गरेर ‘अर्लि इलेक्सन’मा जान प्रधानमन्त्री मानेनन् : प्रचण्ड

संसद भंग गरेर ‘अर्लि इलेक्सन’मा जान प्रधानमन्त्री मानेनन् : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताएका छन् ।

सोमबार जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद भंग गरेर अर्लि इलेक्सन गर्न प्रधानमन्त्री देउवा नमानेको बताएका हुन् । ‘वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन सर्ने सम्भावना छैन । चल्न त संसद विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन । प्रधानमन्त्री तयार हुनुहुन्न,’ उनले भने ।

गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएको भन्दै विघटन गरेर अर्ली इलेक्सनमा जान प्रस्ताव गरेका थिए । तर त्यसका लागि देउवा तयार नभएका हुन् ।

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमालेले संसद चल्न नदिएर दुःख दिएको भन्दै सार्वजनिक रुपमै विघटन गरेर अर्लि इलेक्सनमा जानुपर्ने बताएका थिए ।