काठमाण्ड- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्धारण माओवादीले नै गर्ने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको बताएका हुन् ।
त्यसैगरी स्थानीय तहको निर्वाचनसम्म हालको गठबन्धन रहिरहने दावी समेत गरे । ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ । गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने हाम्रो प्रयास हो,’ उनले भने ।
प्रचण्डले एमसीसी पास भएपछि गठबन्धन झन मजबुद भएको बताएका छन् । ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’, प्रचण्डले भने । त्यसैगरी उनले एमसीसीका कारण पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको बताएका छन् ।




प्रतिक्रिया