भरतपुरको मेयरमा माओवादीको दाबी

भरतपुरको मेयरमा माओवादीको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रको दावी रहने बताएका हुन् ।

‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ । सम्भवतः तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’, उनले भने ।

उनका अनुसार बिहीबार गठबन्धनको बैठक बस्ने भएको छ । यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादीबीच तालमेल हुँदा प्रचण्डपुत्री रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।